Thursday, 8 February 2024

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday
प्यारो साथी निसा,
मिठो सम्झना !💕

साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै छौ होला भन्ने आसा लिएको छु।धेरै भयो हामी एकअर्कासङ्ग राम्रो सङ्ग नबोलेको,पत्रमा भन्नू पर्ने त खासै केही थिएन तर पनि मेरो मनले मानेन र म यो पत्र लेख्न बाध्य भएर म यो पत्र लेख्न गहिरहेको छु। यो पत्रलाइ अन्तिमसम्म राम्रोसङ्ग पढिदिए तिमी प्रती म आभारी हुने थिए,त्यसैले म आफ्नो कुरालाइ तिमी समक्ष यसरी प्रकट गर्ने अनुमती लिन चाहान्छु।........💌 

निसा तिमिलाइ अझै पनि याद छ होला हामी कस्तो साथी थियौ भनेर!हो साच्चिकै मलाइ अझै पनि हामीबिच भएका पलहरु झल्झली यी आखामा घुमिरहेका छन् ।म कहिलेकाही सम्झने गर्छु ती तिमिसङ्ग हासोमजाक गरेको पलहरु जुन बेला सम्झेर आखाबाट आँसु झरेको नि पत्तोनै हुदैन।तिम्रो यादमा डुब्न पाउँदा सारै रमाइलो लाग्छ साच्चिकै म अहिले तिमिसङ्गै भए जस्तो लाग्छ।मलाई धेरै जसो साझमा तिम्रो याद आउँछ र कहिलेकाही साझमा पुराना यादमा म भित्र भित्रै हराउने गर्छु।साच्चिकै मलाइ निसा भन्ने नाम नै प्यारो लाग्छ सायद तिमी नै विशेष मान्छे लागेर पनि होला।अनि पछि सोच्छु हाम्रो सम्बन्ध अहिले आएर किन दुश्मन को जस्तो भएको होला?कहिले हामी दुइबिच चिनजान नै छैन जस्तो! अचम्म लाग्छ मलाइ जुन यो परिस्थिति हुदा।पहिला पहिला हामी कति रमाइलो गरिन्थ्यो आसा छ तिमीले पनि सम्झेकै छौ होला।सुरुमा मलाइ तिमिसङ्ग बोल्न अर्कै लाग्थियो त्यसैले पनि होला तिमी बतासे 9 कक्षामा भर्ना भएपछि SEE दिदासम्म बोलिएन।कहिलेकाही एक्लाएक्लै  बजारतिर कतै भेट भैहाले पनि नदेखेझै गरिन्थ्यो। SEE दिएपछी तिम्लेपनी facebook खोल्यो सायद मैले नै Add गरेहुम्ला तिम्लाइ त्यतिबेला।सबै साथीहरूसँग बोल्थिए तर तिमी सङ्ग मात्रै बोल्थिएन facebookमा पनि।मैले एकदिन सोचे,सबैसाथिहरु बोल्छु तर किन म निसासङ्ग मात्र बोल्न डर लाग्छ आखिर सङै पढेको  साथी त हो अरुसाथी झै त होनि भनेर एकदिन जेपरे पर्छ भनेर तिमी सङ्ग बोल्ने निर्णय गरे। अनि fb मा hii गरेर पठाए अनि तिमी नि बोल्यो बोल्दै जादा अलि नजिक भए जस्तो लाग्यो अरु साथीहरू जस्तै लाग्न थाल्यो त्यसपछि हामी दिनहु बोल्न थालियो रमाइलो हुन्थियो।हामी अब facebook मा जस्तै भेट हुदा नि बोल्ने है भनेर निर्णय पनि गरेउ।यो निर्णयले मलाइ सताइरहयो कि भेट हुदा कसरी बोल्नेहोला भनेर।SEEमा मलाइ अनि तिम्लाइ गणित विषय लाएकोले हामी healthpost मा सङै टिउसन पढ्नी भनेर पनि सल्लाह गरेको थियौ। त्यतिबेला म तानसेन थिए र म घर आए केहिदिनमा टिउसन पढ्न भनि।टिउसन पढ्न आउदा तिमीसङ्ग कसरिहोला बोल्न्न सुरु गर्ने भनेर सोचिरहेको थिए झन्न तिमी आफै आएर मसङ्ग बोल्यो पहिलोपटक direct.अनि बल्ल मलाइ बोल्न सजिलो भो तिमी सङ्ग।त्यसपछी त हामी बिस्तारै धेरै नजिक हुँदै गयोउ।कति चलिन्थियो कति लडिन्थियो हासोमजाक गरिरहिन्थियो क्या रमाइलो हुन्थियो।साच्चिकै सम्झदा नि त्यो दिन सारै मज्जा लाग्छ।त्यो देखेर साथीहरूले पनि जिस्काउ थिए। तर जे भए पनि मैले तिम्लाइ कहिले त्यो नजरले हेरेन धेरै नजिकको साथी लाग्थियो तिमीसङ्ग बोल्न पाउँदा नि खुसी लागेको महसुस हुन्थियो।मैले तिमीसङ्ग त्यति friendly हुन्छुहोला भनेर कहिले सोचेको थिएन।पछि समय बित्त्दै गयो। म तिजमा पनि सोमोहर तिमिसङ्ग भेट हुन्छ भनेर नै आउने गर्थिए।तिमिलाइ देख्न पाएपछी त त्यसै रमाइलो लाग्थियो।तिमी नै त्यस्तै थियौ तिम्लाइ देखेपछी मन रमाउने मेरो।समय बित्दै जादा तिम्रो साथ राम्रो रमाइलो लाग्दै गयो एकदिन तिमी clz नआउँदा पनि त्यो दिनभरी नै बोर लाग्थियो।मलाइ अरु चाहिन्थिएन तिमी भए पुग्थियो।तर तिमी मेरो मनमा कुन रुपमा थियोउ मलाइ नै थाहा भएन साथी त थियोउ तिमी तर त्यो भन्दा माथी।तर  मेरो मनमा कहिलेपनी तिम्लाइ Gf बनाउछु भन्नी सोचनै आएन तर पनि किन किन यति माया लाग्थियो हेर,सायद मैले अहिलेसम्म कसैलाइ तेति माया गरेको छैन र लाग्दैन पनि।मलाइ त्यतिखेर अनुभव भएको थियो कि माया कस्तो हुन्छ भनेर first time.तिम्ले त मलाइ भाइ भन्थियो त्यो मलाइ थाहा छ जे भनेपनी मलाइ फेरि तिम्रो किन किन यस्तो भित्रैदेखि माया जागेर आउथियो तिम्ले जे भने पनि मलाइ नराम्रो लाग्नी भन्नी केही कुरा थिएन सबै राम्रो लाग्थियो।एकदिन 11classमा exam form भर्न जादाofficeमा तिम्लाइ चक्कर आएर भुइमा ढलेको थियोउ हो त्यतिबेला मलाइ सारै दुख लागेको थियो। त्यतिबेला तिम्रो आखामा आँसु देख्दा मलाइ नरमाइलो महसुस भयो मन थाम्न सकिराको थिएन मात्र आँसु आएन।त्यो दिन मलाइ राम्रो लागेन र facebook मा पनि status त्यस्तै किसिमको upload गरेको थिए त्यो तिम्लाइ नि थाहा छ।

तिम्रो Bf निरजसङ्ग नि कुरा गर्थे म तिन्ले मलाइ राम्रो साथी मान्थे त्यसैले खुसी पनि लाग्थियो। स्वागत गर्दा सम्झेउ त हामिले कति रमाइलो गरियो सङ्गै नाचेको मिलेर काम गरेको जिस्केर मैले तिम्लाइ नचाएको movi मा जस्तै।तर स्वागत अरुलाइ गरेर त्यो दिन देखि हामी बिदा भए जस्तो भएको छ।त्यो दिन हाम्रो लागि अन्तिम रमाइलो गर्नी दिन थियो त्यसपछी कहिले पनि पहिलाको दिनहरुमा जस्तै रमाइलो गर्ने बोल्ने दिन कहिले पनि आएन ।सोचेको थिए यि सबै कुरा तिमिलाइ भन्छु तर साथिको नाता टुट्ने हो कि तिमी रिसाउने पो होइकी भनेर भनेन तर नभदै त्यस्तै भो ।सोचेको थिए तिम्लाइ एउटा राम्रो मायाको चिनो दिम्ला भनेर पछि सम्मलाइ याद हुने सम्झनाको लागि  तर नभन्दै सपना पूरा हुन सकेन ।हामी राम्रोसङ्ग नबोलेको पनि  करिब 1 बर्ष भो त्यसैमा तिम्ले मलाइ Facebook मा blocklist मा राखेर पुनः पहिलेको अबस्थामा पुगियो।दुख लाग्छ अहिले पहिलेको कुरा सम्झिदा कहिले काहीँ तिमिसङ्ग  facebook मा बोलेको Sms हेर्ने
 गर्छु धेरै अचम्म लाग्छ दुख लाग्छ हामी यति धेरै बोलिन्थियो र जस्तो लाग्छ। तर केही छैन, मेरो भन्नू यति मात्र हो कि आफ्ना साथिहरुसङ्ग कहिले नि तितो दुस्मनको जस्तो सम्बन्ध नभैदिए हुन्थियो जस्तो लाग्छ सबैसङ्ग दिल खोलेर बोल्न पाइयोस भन्ने मेरो चाहाना हो।💑
💕💕💕💕💕💕💕💕💕💕💕💕💕

अन्तिममा यहि भन्न चाहान्छु कि म देखि केही गल्ती भएको भए sorry अनि अझै पनि मलाइ साथी सम्झ्न्छेउ भने पहिलेको जस्तै बोल्ने कोसिस गर अनि facebook मा पनि unblock गर है।नत्र कुनै न कुनै माध्यमबाट बोल्ने प्रयास गर भन्न चाहान्छु । तिम्लाइ नि केही भन्नू छ भने दिल खोलेर भन्न सक्छेउ।

म माथी नराम्रो नजर छ भने plz हटाइदेउ किनकी म कसैको नजरमा पनि नराम्रो मान्छे हुन चाहन्न।जे भए पनि मेरो मनमा भएको कुरा कसैलाइ भन्न नपाउदा भारी महसुस भएको थियो त्यसैले तिमिलाइ नै भनेर मनलाइ हल्का बनाउनको लागि म यो पत्र विशेष तिम्रो लागि लेखेको हु।हस हुन्छ सम्झदै गरे अब त भेट होला नहोला यदि कतै भेट भै हाल्यो भने  बोले है।अहिले लाई यति नै Bye bye Nisha
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
   
पठाउने:बिस्वान थापा क्षेत्री
Facebook link //https://m.facebook.com/home.php?_rdr
                                         

No comments:

Post a Comment

Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...

Biswan production nepal