असार १६,बिस्वान थापा(बिष्णु) हार्थोक छहरा सडकखण्डको अबस्था दिनप्रतिदिन जिर्ण हुदै गएको गएको छ। समयमै सडकको अबस्थामा सुधार हुन नसक्दा दैनिक हार्थोक छहरा आउन जान सास्ति खेपिराख्नु परेको छ।
बिगत केहि बर्ष अगाडि सडकको चौडाइ बढाउन भनि मेसिन लगाए लगत्तै उक्त क्षेत्रमा पहिरो जानि भल जथाभावी पस्ने तथा बाटोमा खोल्टा खाल्टि हुने समस्या देखिन थालेको हो।पहिरो जानि तथा जथाभावी भल छिर्ने हुदा खेति योग्य जमिन नास हुने र सडक अबरुद्ध हुदा यात्रुहरु किसान लगायत सम्पुर्ण जनतालाइ निकै समस्या झेल्नु परेको छ। मनसुन सुरु हुनि बित्तिकै सडकमा झन भन्दा झन बढि खाल्डो हरु देखा पर्न थालिसकेका छन भने ठाउ ठाउमा पहिरो झर्न सुरु गरेको छ।यि बिबिध कारणले गर्दा सवारि दुर्घटना बढ्न सक्ने तथा सडक अबरुद्ध हुन सक्ने अनुमान गर्न सकिन्छ। बर्सेनि सडक निर्माणको लागि बजेट छुट्टयाएको भए पनि काम अघि बढ्न सकिराखेको छैन।उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताका अनुसार पहिरो जानि पानीको भल खेतबरिमा पस्ने हुदा खेतिपाति नोक्सानि तथा जोखिम बढेको बताएका छन भने यस्तो सडकको अवस्थाले गर्दा अप्रिय घटना घट्नि हो कि भन्ने निकै डर त्रास रहेको भन्नि गुनासो व्यक्त गरेका छन।
यस्तो अबस्थामा पनि संबंधित निकाएले सडक निर्माण मा ध्यान दिन नसक्ने हो भने दिन प्रति दिन क्रमस समस्या माथि समस्या थपिने तथा धनजनको ठुलो क्षेति हुने देखिन्छ।संबंधित सम्पुर्ण निकायले समन्वय गरि बेलैमा उक्त समस्याको समाधान गरोस भन्नि आम जनताको चाहाना छ।

No comments:
Post a Comment
Thank you cantact 9867136648 कुनै कुराको जानकारी चाहिएमा हामिलाइ सम्पक्र गर्नसक्नुहुन्छ।धन्यवाद