Sunday, 2 July 2023

रिब्दिकोट गाउपालिकाले बहुबर्से घासको बिरुवा बितरण गर्ने भएको छ

 




असार १७ पाल्पा रिब्दिकोट,बिस्वान थापा(बिष्णु)रिब्दिकोट गाउपालिकाले बहुवर्षे घासको विरुवा वितरण गर्ने भएको छ।
रिब्दीकोट गाउपालिकाको आ.व ७९/८० को स्विकृत वार्षिक कार्यक्रम अनुसार बहुबर्से घासको विरुवा वितरण कार्यक्रम गर्ने भएको हो।
बहुवर्षे घासको बिरुवा अर्न्तगत स्मार्ट, नेपियर, सुपर नेपियर राइखन्यु, सिडलेस, किम्बु अम्रिसो जस्ता विरुवाहरु वितरण गर्ने भन्नै उल्लेख छ । उक्त विरुवाहरु- सूचना राखेको ७ दिन अर्थात असार २४ गते सम्म मात्र वितरण हुने बताइएको छ। नागरिकताको प्रतिलिपी जस्ता कागजात सहित गाउपालिकाको पशु सेवा साखामा सम्पर्क गर्न सकिने छ।
यस बहुवर्षे विरुवा वितरणबाट रिब्दिकोटका सम्पूर्ण वडा वासीहरूमा केही सम्म भए पनी पशुपालनको क्षेत्रमा सहयोग पुग्ने छ भन्ने गाउँपालिकाको विश्वास रहेको देखिन्छ ।

Saturday, 1 July 2023

हार्थोक छहरा सडक खण्डकोअबस्था जिर्ण बन्दै अझैपनि अघि बढ्न सकेन सडक मर्मतको काम


 असार १६,बिस्वान थापा(बिष्णु) हार्थोक छहरा सडकखण्डको अबस्था दिनप्रतिदिन जिर्ण हुदै गएको गएको छ। समयमै सडकको अबस्थामा सुधार हुन नसक्दा दैनिक हार्थोक छहरा आउन जान  सास्ति खेपिराख्नु परेको छ।

बिगत केहि बर्ष अगाडि सडकको चौडाइ बढाउन भनि मेसिन लगाए लगत्तै उक्त क्षेत्रमा पहिरो जानि भल जथाभावी पस्ने तथा बाटोमा खोल्टा खाल्टि हुने समस्या देखिन थालेको हो।पहिरो जानि तथा जथाभावी भल छिर्ने हुदा खेति योग्य जमिन नास हुने र सडक अबरुद्ध हुदा यात्रुहरु किसान लगायत सम्पुर्ण जनतालाइ निकै समस्या झेल्नु परेको छ। मनसुन सुरु हुनि बित्तिकै सडकमा झन भन्दा झन बढि खाल्डो हरु देखा पर्न थालिसकेका छन भने ठाउ ठाउमा पहिरो झर्न सुरु गरेको छ।यि बिबिध कारणले गर्दा सवारि दुर्घटना बढ्न सक्ने तथा सडक अबरुद्ध हुन सक्ने अनुमान गर्न सकिन्छ। बर्सेनि सडक निर्माणको लागि बजेट छुट्टयाएको भए पनि काम अघि बढ्न सकिराखेको छैन।उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताका अनुसार पहिरो जानि पानीको भल खेतबरिमा पस्ने हुदा खेतिपाति नोक्सानि तथा जोखिम बढेको बताएका छन भने यस्तो सडकको अवस्थाले गर्दा अप्रिय घटना घट्नि हो कि भन्ने निकै डर त्रास रहेको भन्नि गुनासो व्यक्त गरेका छन।

यस्तो अबस्थामा पनि संबंधित निकाएले सडक निर्माण मा ध्यान दिन नसक्ने हो भने दिन प्रति दिन क्रमस समस्या माथि समस्या थपिने तथा धनजनको ठुलो क्षेति हुने देखिन्छ।संबंधित सम्पुर्ण निकायले समन्वय गरि बेलैमा उक्त  समस्याको समाधान गरोस भन्नि आम जनताको चाहाना छ।

अलपत्र मेरो भाबना

                                      2075/9/29 sunday प्यारो साथी निसा, मिठो सम्झना !💕 साथी सन्चै छौ? अबस्य पनि सन्चै आरामै ...

Biswan production nepal